दमौली । नेकपा एमालेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल बिहीबाप बन्दिपुर गाउँपालिकाका विभिन्न वडा र टोलमा मतदातालाई भेटघाट गर्न पुगेका छन् । नेकपा एमाले बन्दीपुर गाउँ कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्न पुगेका खनालले बन्दिपुर बजारका मतदातासँग पनि भेट गरेका थिए ।
सो अवसरमा खनालले बन्दीपुरलाई देशमा मात्र नभई अन्तराष्ट्रिय स्तरसम्म प्रमुख पर्यटकीय गन्तव्य बनाउन आफुले पहल गर्ने बताए । बन्दीपुरको खानेपानीको समस्या समाधानका पनि पहल गर्ने उनको भनाई थियो ।
राजनीतिमा भएको बिकृती र विसंगतीको अन्त्य तथा तनहुँको विकास र समृद्धी नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । पर्यटनलाई देशको समृद्धीको मुख्य आधार बनाउने गरि नीति निर्माण गर्ने खनालले बताए ।
सो अवसरमा खनालले आफु भाषणमा भन्दा काममा विश्वास गर्ने भएको हुँदा जनताले विश्वास गरे काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
मतदातासँग भेटघाटमा खनालले सिप, शिक्षा र अवसर विभेदरहित समाज निर्माणको आधारहरु भएको हुँदा त्यस्तै विभेदरहित समाज सुख र समृद्धिको कल्पना आफुले गरेको बताए ।
मतदाता भेटघाटका क्रममा मतदाताको उपार माया पाएको खनालले बताए ।
सो क्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्यहरु घनश्याम देवान र इन्द्र कुँवर, नेकपा एमाले बन्दिपुर गाउँ कमिटिका अध्यक्ष सुरेन्द्र थापा, नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु शान्ति कुँवर, सविना मल्ल, भगवान श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।