बन्दीपुरका माओवादी नेता भानुभक्तले छाडे पार्टी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका माओवादी नेता भानुभक्तले छाडे पार्टी

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७९, शुक्रबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकाका नेकपा (माओवादी) केन्द्रका नेता भानुभक्त पोख्रेलले पार्टी परित्याग गरेका छन् । बन्दीपुर गाउँपालिका–१ का पूर्व वडाध्यक्ष समेत रहेका पोख्रेलले शुक्रबार पार्टी परित्याग गरेका हुन् ।

    माओवादीको मूल नेतृत्वबाट राजनीतिक रुपमा देशलाई अगाडी बढाउन सम्भावना नदेखिएको हुँदा एउटा जनस्तरमा एकाकर भएको जनमुखी राजनीतिक यात्रामा ठूलो चुनौति सामना गर्दै क्रियाशील रहेको पार्टीबाट अलग भएको घोषणा गरेको पोख्रेलले बताए ।

    पूर्ण लोकतान्त्रिक प्रणाली माफत् जनमुखी, सुशासन र आर्थिक आत्मनिर्भरता सहितको कार्यक्रमबाट समाजवादी यात्राको लागि निराश परिस्थितिलाई आशामा बदल्न जनता, राष्ट्रप्रति निष्ठावाान राजनीतिक यात्रामा अघि बढ्न पोख्रेलले आग्रह गरे ।