लियो जिल्ला परिषद् ३२५ एलको सचिवमा मिश्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लियो जिल्ला परिषद् ३२५ एलको सचिवमा मिश्र

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७९, शनिबार

    दमौली । लियो जिल्ला परिषद् ३२५ एल नेपालको सचिवमा तनहुँका सुनिल मिश्र चयन भएका छन् । पोखरामा सम्पन्न परिषद्को २०२३/२४ को अधिवेशनबाट मिश्र सचिव पदमा चयन भएका हुन् । मिश्र लियो क्लव अफ तनहुँका पूर्व अध्यक्ष पनि हुन् ।

    परिषद्को अध्यक्षमा गोरखाका सन्तोष ढकाल चयन भएका छन्। उनी शतप्रतिशत मत प्राप्त गरेर अध्यक्ष चुनिएका हुन् । सन् २०१७ देखि लियोमा सक्रिय ढकाल लियो क्लब अफ काठमाडौं वेदव्यासका संस्थापक अध्यक्ष हुन् ।

    परिषद्को उपाध्यक्षमा अभय थापा, कोषाध्यक्षमा सुलभ थकाली,
    जनसम्पर्क अधिकृतमा कुसल लम्साल , जिल्ला अध्यक्ष सल्लाहकार प्रमुखमा अमृत पण्डित, चिफ डिपार्टमेन्ट चियर्पसनमा उजेन श्रेष्ठ, चिफ रिजन कोडिनेटरमा सम्राट ऐडि र व्यवस्थापकमा उद्धव पराजुली चयन भएका छन् ।