शुक्लागण्डकीको एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८३, बुधबार

    तनहुँ, ३१ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा अविरल वर्षाका कारण ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढ्दा १३ घरमा बाढीको पानी पसेको छ ।

    आज बिहान करिब २ बजे खोल्सीमा पानीको बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धार तथा आवश्यक सहयोगका लागि घटनास्थलमा पुगेको थियो ।

    प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । हाल बाढीको पानीको बहाव पूर्ण रूपमा घटिसकेको छ ।

    बाढीको पानी पस्ने घरमध्ये दुई तले पक्की घर तीन वटा र एक तले कच्ची तथा पक्की घर १० वटा रहेका छन् । प्रभावित घरधुरीमा कुलप्रसाद पन्थी, टिका पुन, हर्कबहादुर पुन, तिलकुमारी पुन, खिलबहादुर पुन, कलिमाया पन्थी, नममाया तिलिजा पुन, शङ्कर विक, नरबहादुर विक, लुककुमारी पुन, दुरुपती पौडेल, खेमबहादुर विक र मिना सुवेदीका घर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी अवस्था बुझ्नुका साथै आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।