दमौली । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्षमा तनहुँका दुर्गाविलास भट्टराई चयन भएका छन् । पोखरामा सम्पन्न महासंघको प्रथम अधिवेशनबाट भट्टराई सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । भट्टराई होटल व्यवसायी संघ तनहुँका अध्यक्ष समेत हुन् ।
प्रदेशको अध्यक्षमा भने बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा हरिप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् ।
सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासङ्घ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो । महासङ्घमा गण्डकी प्रदेशका झन्डै आठ हजार होटल तथा रेष्टुराँ व्यवसायी सङ्गठित छन् ।