रुखबाट लडेर घाइतेलाई वडाध्यक्ष श्रेष्ठले आफ्नै गाडीमा अस्पताल पुर्याए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    रुखबाट लडेर घाइतेलाई वडाध्यक्ष श्रेष्ठले आफ्नै गाडीमा अस्पताल पुर्याए

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७९, मंगलवार

    दमौली । रुखबाड लडेर घाइते ऋषिङ गाउँपालिका-८ धारुङका ६० वर्षीय टिकाराम रानालाई वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आफ्नै गाडीमा अस्पताल पुर्याएका छन् ।

    मंगलबार बिहान घॉस काट्ने क्रममा रुखबाट लडेका उनलाई वडाध्यक्ष श्रेष्ठ आफैले अस्पताल पुर्याएका हुन् । घाइतेको पोखरा जिएमसीमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । घाइतेको हात र छातीमा चोट लागेको छ।

    वडावासीलाई विपद् पर्दा निशुल्क गाडी सुविधा उपलब्ध गराउने घोषणा बमोजिम उनले घाइतेलाई अस्पतालसम्म पुर्याएका हुन् । श्रेष्ठले यसअघि पनि थुप्रैलाई सेवा दिइसकेका छन् । ‘म जनताको सेवाकै लागि वडाध्यक्ष भएको हूँ,’ उनले भने ।