बोटेगाउँ पुगेर सर्वेन्द्रले भने : सेवामा समर्पित हुन आएको हूँ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    बोटेगाउँ पुगेर सर्वेन्द्रले भने : सेवामा समर्पित हुन आएको हूँ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७९, बुधबार

    दमाैली । नेकपा (एमाले) का तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले सेवामा समर्पित हुनका लागि जन्मभूमि आएको बताएका छन् । घरदैलोका क्रममा बुधबार व्यास नगरपालिका–१० बोटेगाउँ पुगेका खनालले सेवा बाहेक अरु स्वार्थ नभएको उल्लेख गरे ।

    देश निर्माण र जनतालाई खुशी बनाउने सङ्कल्पमा आफूमा रहेको भन्दै खनालले त्यसका लागि यहाँका जनताको आर्शीवाद र अमूल्य मत आवश्यक रहेको बताए । “देश बन्नुप¥यो, जनता खुशी हुनुप¥यो,” उनले भने, “म त्यसैका लागि आएको हूँ, यहाँहरुले पक्कै पनि मूल्याङ्कन गर्नुहुन्छ ।”

    खनालले सांसद भएर यहाँका स्थानीय समस्यादेखि राष्ट्रियस्तरसम्म के के गर्नुपर्छ सबै गर्ने प्रतिबद्धता जनाए । बजेट ल्याएर जिल्लाको विकास निर्माणमा काम गर्ने बताउँदै उनले भने, “हिजोका दिनमा प्रहरीको आइजिपी हुँदा पनि यहाँको विकासमा लागिरहेको थिएँ । अब पनि लाग्छु ।”

    खनालले आफ्नो विगत र इतिहास हेर्न आग्रह गर्दै तनहुँ क्षेत्र नम्बर १ लाई नेपालकै नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए । बोटेगाउँका स्थानीय समस्याबारे आफू जानकार रहेको भन्दै उनले स्थानीय स्तरमै रोजगारी, बाटोघाटो, पुल लगायतमा योजनाबद्ध रुपले अगाडी बढ्ने बताए ।