मेराे उम्मेदवारी कसैका विरुद्ध हाेइन, तनहुँकाे विकासका लागि हाे : गाेविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मेराे उम्मेदवारी कसैका विरुद्ध हाेइन, तनहुँकाे विकासका लागि हाे : गाेविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७९, बुधबार

    दमाैली । नेपाली काङ्गग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताएका छन् । बन्दीपुरमा बुधबार मतदातासँग भेट्दै भट्टराईले गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै भट्टराईले आफू त्यसैमा केन्द्रित भएको बताए।

    बन्दीपुर पर्यटनका हिसाबले सम्भावनायुक्त बोकेको ठाउँ भएको भन्दै उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइने बताए। आफू साझा उम्मेदवार भएको भन्दै उहाँले यस पटक जनताका लागि काम गर्ने अवसर दिन आग्रह गरे।

    उनले भने, ‘पहाडकी रानी बन्दीपुरको सेवामा मेरो राजनीतिको महत्वपूर्ण पल बित्यो । तपाईंको सेवक बन्ने उद्देश्य लिएर यसपाली घरदैलो आएको छु । पर्यटनमा प्रचुर सम्भावना बोकेको बन्दीपुरले दिएको मायाले मलाई अझ उत्साह दिएको छ ।’