दमाैली । तनहुँकाे व्यास नगरपालिका-७ छापथाेकका महिलाहरुले वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई जिताउने बताएका छन् । तनहुँ-१ का उम्मेदवार खनाल बुधबार छापथाेक पुग्दा महिलाहरुले स्वागत गर्दै जिताएर पठाउने बताएका हुन् ।
उनीहरुले भने, ‘जिताएर पठाउँछाै, गाउँकाे विकास गरिदिनु ।’ चुनाव जितेपछि गाउँ फर्केर नआउने प्रवृत्ति विगतका नेताहरुमा देखिएकाे भन्दै उनीहरुले गाउँलाई नबिर्सन खनाललाई आग्रह गरे ।
खनालले आफू जनताकाे सेवाका लागि नै आएकाे बताए । उनले यहाँका मुख्य समस्या सडक, राेजगारलाई प्राथमिकता दिने बताए ।
साे क्रममा एमाले नेता एकबहादुर राना, पूर्णबहादुर गुरुङ लगायतले याे क्षेत्रकाे विकासका लागि एमालेले जित्नुपर्ने बताए ।