डा. स्वर्णिम वाग्ले भन्छन् : तनहुँमा राम्रो काम गरेर नाम कमाउन चाहन्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    डा. स्वर्णिम वाग्ले भन्छन् : तनहुँमा राम्रो काम गरेर नाम कमाउन चाहन्छु

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७९, बुधबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। स्वर्णिम वाग्लेले तनहुँमा राम्रो काम गरेर नाम कमाउन चाहेको बताएका छन् । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बुधबार मतदातासँग साक्षात्कार गर्दै डा। वाग्लेले तनहुँका लागि केही गरौं भन्ने भावनासहित निर्वाचन लड्न आएको बताए ।

    “तनहुँका लागि केही राम्रो गरौं भन्ने लोभ म मा छ,” उनले भने, “बढीमा तीन कार्यकाल जनतामाझ परिचित हुन चाहन्छु ।” डा। वाग्लेले अहिले सबैको सहानुभूति रास्वपामा देखिएको भन्दै नयाँ शिराबाट राजनीति सङ्ल्याउने अभियानमा आफूहरु रहेको बताए ।

    पाँच वर्षभित्र रास्वपाले बहुमत ल्याउने बताउँदै उनले २१ औं शताब्दीको पार्टी रास्वपा बन्ने बताए । “पार्टीमा युवाहरुको आकर्षण बढ्दो छ, हिजो व्यवस्था परिवर्तनका लागि तनहुँकै नेता रामचन्द्र पौडेल १४ वर्ष जेल बस्नुभयो, आज राष्ट्रपति बन्नुभएको छ, तर अहिले व्यवस्था फेरिएको छ, नयाँ संविधान पाएका छौ । अब देशको समृद्धिका लागि काम गर्नुपर्नेछ,” उनले भने ।