दमौली । नयॉ वर्ष मनाउन पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । नयॉ वर्षको अवसरमा बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव हुँदैछ ।
बिहीबार बिहानैदेखि आन्तरिक पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।