बैङ्किङ कसुरका मुद्वा बढेको बढ्यै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बैङ्किङ कसुरका मुद्वा बढेको बढ्यै

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    पोखरा । कास्की प्रहरीले फागुन १४ गते सार्वजनिक गरेको तथ्याब्कमा बैंकिङ कसुरका मुद्वा २१५ दर्ता थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीमा ८२६ मुद्वा दर्ता भएको थियो ।

    आइतबार कास्की प्रहरीले पत्रकार सम्मलेन गरेर आफ्ना गतिविधी सार्वजनिक गर्दा ११३ बैंकिब कसुरका मुद्वा थपिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले दिएको जानकारी अनुसार साउनदेखि चैत १५ गतेसम्म कास्कीमा ३२८ बैंकिङ कसुरका मुद्वा दर्ता भएको छ । १९९ पर्छयौट हुँदा १२९ मुद्वाको छिनोफानो
    लाग्न बाँकी छ ।

    आम सर्वसाधरणमा बैंकिङ सेवाको पहुँच जसरी बढेको छ, त्यसैगरी बैंकिङ कसुर मुद्वाको ग्राफ उकालो चढेको प्रहरीको तथ्याब्कले पुष्टी गर्छ । कास्कीमा बैंकिब कसुरका घटना यो वर्ष मात्रै होइन बर्षेनी बढिरहेको छ ।

    गत आर्थिक वर्षको तुलनामा यो वर्षको साढे ८ महिनामै दोब्बरले मुद्वा बढेको हो । आर्थिक वर्ष २०७८÷७९ मा १४९ मुद्वा प्रहरीमा परेको थियो । २०७७÷७८ मा १०० र २०७६÷७७ मा ९७ मुद्वा दर्ता भएको थिए । आर्थिक मन्दीका कारण बैंकिङ कसुरका मुद्वा बढेको हुन सक्ने प्रहरी नायव उपरिक्षक विकले बताए ।

    बैंकिङ कसुरमा बढी चेक बाउन्सको मुद्वा पर्ने उनले सुनाए । उनका अनुसार चेकमा उल्लेख गरेका रकम अपुग हुने र खाता बन्द भइसकेका चेक काट्ने लगायतका घटना बढी प्रहरीसँग आउँछ ।
    ‘त्यस्ता मुद्वालाई हामीले २ तवारबाट समाधानको कोशिस गर्छौैं’, उनले भने, ।।।मिलापत्र हुन सक्ने अवस्थामा मिल्नुस भन्छौं । त्यसबाट पनि समस्या समाधान भएन भने मुद्वा दर्ता भएर कानुनी प्रकृया अनुसार अगाडी बढ्छ ।’

    चेक बाउन्सका कतिपय मुद्वा अदालतमा पनि दर्ता हुने गरेको प्रहरी नायव उपरिक्षक विकले बताए । वर्षेनी बढेको मात्रै छैन, प्रहरीमा दर्ता भएका मुद्वाको सबैभन्दा धेरै संख्या नै बैंकिङ कसुरको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार २२३ मुद्वा दर्ता भएकोमा २६.८१ प्रतिशत मुद्वा त बैंकिङ कसुरका हुन् ।

    सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ३०१ मुद्वा दर्ता
    भएको कास्की प्रहरीले जानकारी दिएको छ । स्थानीय तहको सहकारी शाखा र न्यायिक समितिमा पनि बैंकिब कसुरसँग मिल्दोजुल्दो उजुरी परिरहेका छन् ।