स्वर्णिमलाई अर्थमन्त्री बनाउँछौ भन्ने रविलाई शेखरको जवाफ : पॉच वर्ष यही सरकार चल्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    स्वर्णिमलाई अर्थमन्त्री बनाउँछौ भन्ने रविलाई शेखरको जवाफ : पॉच वर्ष यही सरकार चल्छ

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार पूरै पॉच वर्ष चल्ने बताएका छन् । भानु-२ नारेश्वरटारमा सोमबार आयोजित कार्यक्रममा उनले यो सरकार पूरै पॉच वर्ष चल्ने बताए ।

    आइतबार दमौलीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावमा सभापति रवि लामिछानेले स्वर्णिम वाग्लेलाई जिताएर पठाए अर्थमन्त्री बनाउने उद्घोष गरेकोप्रति जवाफ दिँदै कोइरालाले भने, ‘मैले हिजो एउटा कार्यक्रमको भाषण सुने । त्यहॉ एकजनाले जिताएर पठाएपछि अर्थमन्त्री बनाउँछु भनेछन्, म आजका दिनमा भन्दैछु यो सरकार पॉचै वर्ष चल्छ । अर्को पार्टीको व्यक्ति कसरी अर्थमन्त्री बन्नुहुन्छ, त्यो सम्भवै छैन ।’

    उनले अवसरवादीबाट सचेत रहन आग्रह गरे । ‘म त अवसरवादीबाट सावधान भइसकेको छु, यहॉका जनतापनि अवसरवादीबाट जोगिनुहोला ।’