कारवाही फिर्ता भनेर कांग्रेसले दोस्रो पटक झुटको खेती गर्यो : गोविन्दराज जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारवाही फिर्ता भनेर कांग्रेसले दोस्रो पटक झुटको खेती गर्यो : गोविन्दराज जोशी

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    दमौली । पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कारवाही फिर्ता भनेर कांग्रेसले फेरि झुटको खेती गरेको बताएका छन् । उपनिर्वाचन नजिकिदै गर्दा तनहुँ, चितवन र बाराका नेता तथा कार्यकर्ताको कारवाही फिर्ता भनेर दोस्रो पटक झुटको खेती गरिएको उनको भनाई छ ।

    मंगलबार राति सामाजिक सञ्जालमार्फत् जोशीले भने, ‘सावधान, चुनाव नजिकिँदै जाँदा दोस्रोपटक नेपाली कांग्रेसले अर्को नाटक मञ्चन गरेको छ। यो तल्लो स्तरको नाटक बाट भ्रममा नपर्नमा तनहुँबासी हरुलाई अनुरोध गर्दछु । अच्चम ७७ जिल्ला मध्य तनहुँ चितवन र बाराका तीन जिल्लामा मात्र कार्यबाहीमा परेका रहेछन काग्रेसका नेता कार्यकर्ताहरू ७४ जिल्लामा भने अनुशासित काग्रेस रहेछन। हामी कांग्रेसमा हुँदा यति तल्लो स्तरको निणर्य हरु केन्द्रीय कार्यसमिति र अरु समिति हरूले गर्दैनथे। भ्रम को खेती गर्ने बानी अहिले को नेपाली कांग्रेसलाई परी सके जस्तो छ।’

    जोशीले अहिलेको नेपाली कांग्रेसले सत्ताका लागि सिद्धान्त छोडेको बताउँदै अहिलेको नेतृत्वले आफ्नो ठुलो शत्रु असल,योग्य , क्षमतावान, इमानदार मानिसहरुलाई ठानेको आरोप लगाए ।