दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अमेरिकामा बसेर डलर खाएकाहरु तनहुँमा भाेट माग्न आएकाे आराेप लगाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लक्षित गरी उक्त टिप्पणी गरेका हुन् ।
उनले भने, ‘गोरखाका भाई तनहुँमा चुनाव लड्न आउनुभएको रहेछ । उहाँ पहिला अमेरिकामा डलर खेती गरेर बस्नुहुन्थ्याे । महिनाको चार पाँच लाख आउँथ्यो ।’
काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नै राष्ट्रिय याेजना आयाेगमा ल्याइदिएपछि आफूहरुले उनलाई चिनेकाे भन्दै अहिले दाजु भाउजुलाई गाली गरेर पार्टी छाडेकाे उनले आराेप लगाए ।