दमाैली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँछु भनेर आफूले बोलेपनि त्योभन्दा पनि ठूलो बनाएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा बुधबार आयोजित चुनावी सभामा बोल्दै उनले आफूले भनेको भन्दा पनि बढी पौडेलले पाएको बताए ।
“मंसिरको चुनावमा मैले यहीँ आएर रामचन्द्र जीलाई प्रधानमन्त्री बनाउँछु भनेको थिएँ, राष्ट्रपति नै बनाए, मेरो बोली खेर गएन,” उनले भने ।
प्रचण्डलाई वैशाख १० गतेको उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएपछि मन्त्री बनाउने घोषणा गरे । “प्रधानमन्त्री म छु मैले मन्त्री बनाउने हो । यो कुरामा सभापति शेरबहादुर देउवा जीले पनि भनिसक्नुभएको छ ।”