दमौलीका मुस्लिम समुदाय इदउल फित्र मनाउँदै (फोटो)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीका मुस्लिम समुदाय इदउल फित्र मनाउँदै (फोटो)

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८०, शनिबार

    दमौली । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । 

    दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा पनि मुस्लिम समुदायका व्यक्तिहरुले हर्षोल्लासका साथ इदउल फित्र मनाइरहेका छन् । साे क्रममा अल नुर ओभरसिजले उपस्थित भएका सबैलाई सेबाई खुवाउनका लागि सहयाेग गरेकाे दमाैली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

    चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वकाे तिथी तय भएकाे हाे । साेही अनुसार आज मनाउन लागिएको हो ।  जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियाे ।