कविता : जो आज्ञा ख्वामित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कविता : जो आज्ञा ख्वामित

    आकाश अधिकारी

    ८ बैशाख २०८०, शनिबार

    भोलि बिहानै
    भालेको डाँक सगै!
    फर्मान हुनेछ हिटलरी हुँकुम।
    भोट फर……!
    भोट फर…….!!
    खर्कका ठुले हरु!
    बेँसीका कान्छा कान्छीहरु!
    बुर्कुसी मार्दै उफ्रदै भन्ने छन
    जो हुँकुम ख्वामित्।
    हामी त हजुरकै दास हौं
    हजुरकै गोठका भेडा बाख्रा हौ!
    गर्धन छिन्ने गरि मार हान्नुहोला।
    हामी त!
    भाकल गरी
    पालेर राखेका पाल्तु
    जनावर हौ।
    जो हुँकुम ख्वामित्।
    जे भन्नू हुन्छ स्वीकार छ।