दमाैली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ वडामा पहिलो भएको छ । कूल ४२ वडामध्ये रास्वपाले ३५ वडामा बढी मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आँबुखैरेनी गाउँपालिकाका छ, भानु नगरपालिकाका १३, व्यास नगरपालिकाका १०, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका पाँच वडामा धेरै मत प्राप्त गरेको छ ।
नेपाली काङ्ग्रेसले देवघाट गाउँपालिकाका चार र व्यास नगरपालिकाका दुई वडामा बढी मत प्राप्त गरेको छ ।
नेकपा (एमाले) ले देवघाट गाउँपालिकाका एक वडामा बढी मत प्राप्त गरेको छ ।