मतदातालाई निराश नहुन आग्रह गर्दै कांग्रेसले भन्यो – समिक्षा गर्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतदातालाई निराश नहुन आग्रह गर्दै कांग्रेसले भन्यो – समिक्षा गर्छौ

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमौली । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति तनहुँ-१ ले उपनिर्वाचनको परिणामलाई लिएर निराश नहुन आग्रह गरेको छ । क्षेत्रीय सभापति श्याम मौरातीले मंगलबार विज्ञप्ती जारी निर्वाचनमा जीत हार लोकतन्त्रको मान्यता रहेको बताउँदै परिणामले निराश नहुन आग्रह गरेका हुन् ।

    मैरातीले निर्वाचनमा देखिएको विभिन्न पक्षको उचित समयमा समिक्षा गरिने बताए ।

    विज्ञप्तीमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मतदान गर्ने सबैलाई आभार व्यक्त गरिएको छ ।