स्वर्णिमले कस्को बढी मत काटे ? कांग्रेस र एमाले नेताको यस्तो विश्लेषण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    स्वर्णिमले कस्को बढी मत काटे ? कांग्रेस र एमाले नेताको यस्तो विश्लेषण

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८०, बिहीबार

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा रास्वपाका डा. स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मत प्राप्त गरी विजयी भए । पॉच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत ल्याए ।

    मंसिर ४ मा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए । स्वर्णिमले अत्याधिक मत ल्याएर चुनाव जितेपछि उनले कुन पार्टीको बढी मत काटे भन्ने आम चासो रहेको छ।

    स्वर्णिमले ल्याएको मतमा कांग्रेस र माओवादीको आ-आफ्नो दावी छ । पॉच दलीय गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले कांग्रेसको मत जोगाएको दावी कांग्रेसको छ । तर माओवादीले भने त्यो मतमा आफूहरुको पनि मत परेको दावी गरेको छ ।

    नेपाली कांग्रेसका जिल्ला पूर्व सभापति एवं व्यासका मेयर वैकुण्ठ न्यौपानेले स्वर्णिमले एमालेको बढी मत काटेको विश्लेषण गरेका छन् । दमौलीबाट प्रकाशित हुने मादीसेती प्रवाह दैनिकमा बिहीबार प्रकाशित एक लेखमा न्यौपानेले स्वर्णिमले एमालेको ११ हजार ४ सय ५५ मत काटेको उल्लेख गरेका छन् ।

    न्यौपानेका अनुसार स्वर्णिमले गोविन्दराज जोशीको ६८७८, कांग्रेस गठबन्धनको ५१९६ र राप्रपाको २२०० मत काटेको विश्लेषण गरेका छन् ।

    एमाले नेता एकबहादुर रानाको विश्लेषण भने फरक छ । उनका अनुसार स्वर्णिमले एमालेको ८०००, कांग्रेसको ८०००, माओवादी केन्द्रको ५०००, गोविन्दराज जोशी समूहको ५४१९, राप्रपाको २५०० मत काटेको विश्लेषण गरेका छन् । साथै रास्वपाले आफ्नै ६००० मत ल्याएको रानाको विश्लेषण छ।