गण्डकीमा तनहुँले मन्त्री पाउने सम्भावना कति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकीमा तनहुँले मन्त्री पाउने सम्भावना कति ?

    १४ बैशाख २०८०, शुक्रबार

    दमौली । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । पाण्डेले शुक्रबार शपथ लिँदैछन्।

    मुख्यमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी छ । एमाले नेतृत्वको खगराज अधिकारीको सरकार पदमुक्त भएपछि बनेको नयॉ सरकारमा को मन्त्री बन्छ भन्ने चासो आम मानिसमा छ ।

    हरेक पटकको मन्त्रीमण्डलमा तनहुँले मन्त्री पाएकाले यस पटक पनि को मन्त्री हुन्छ भन्ने चासो छ । यसअघि तनहुँका हरिबहादुर चुमान पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् । किरण गुरुङ पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारमा अर्थमन्त्री बने ।

    नेपाली कांग्रेसबाट जीतप्रकाश आले र अशोककुमार श्रेष्ठ मन्त्री बन्ने आंकाक्षामा छन् । आलोपालोमा मुख्यमन्त्रीका दावेदार माओवादीका चुमानलाई मन्त्री बनाउन नहुनेमा एकथरीको मत छ ।

    साभार- ।