शुक्लागण्डकीका पशु फार्म अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका पशु फार्म अनुगमन

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८०, शुक्रबार

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा शुक्लागण्डकी नगरपालिका–१० मा व्यावसायिक रुपमा सञ्चालित दुई पशु फार्मको शुक्रबार अनुगमन गरिएको छ । पशुपालनमा व्यवसायमा कृषकले भोग्नुपरेका समस्या, चुनौति र समाधानका उपाय बारे छलफल गर्न र व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित केन्द्रको आयोजनामा अनुगमन गरिएको हो ।

    शुक्लागण्डकी–१० वैशाखेघाट लाइभस्टक एग्रो प्रालि र युनिक मल्टि एग्रो प्रालिको अनुगमन गर्दै सञ्चालकसँग छलफल गरिएको थियो । त्यसक्रममा दुवै फार्मका सञ्चालकहरुले पशुपालन व्यवसायमा भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए ।

    अनुगमन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, प्राविधिक रुद्र ठकुरी लगायत पत्रकारहरुको सहभागिता थियो ।