दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राजमार्ग विस्तारका क्रममा घाँसीकुवाको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसद बैठकमा बोल्दै वाग्लेले सडक विस्तारका क्रममा घाँसीकुवा लगायत ऐतिहासिक पुरातात्विक महत्वका स्थानको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
डा. वाग्लेले तनहुँ–१ बाट अत्याधिक मत दिएर निर्वाचित गराएकामा तनहुँवासीलाई आभार व्यक्त गरे ।