दमौली । तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्ले जिल्ला आउने भएका छन् । जनतासँग भेटघाट र छलफलका लागि डा. वाग्ले सोमबार जिल्ला आउन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समिति संयोजक उदित पौडेलका अनुसार वाग्लेले सोमबार र मंगलबार व्यास नगरपालिकाका विभिन्न वडामा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा यो क्षेत्रका समस्याबारे डा. वाग्लेले सर्वसाधारणको सुझाव लिनेछन् ।
नयॉ बजेट आउने क्रममा रहेकाले बजेटमा समेट्नुपर्ने योजनाका बारेमा पनि सांसद वाग्लेले छलफल एवं सुझाव लिने नगर संयोजक पौडेलले जानकारी दिए ।