धादिङ । धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताए।
१६ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन्।