धादिङ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सोमबारदेखि अवरुद्ध रहेको उक्त खण्ड मंगलबार बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । दुईतर्फीका लागि अझै केही घन्टा लाग्ने भएको छ । भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् ।
धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो ।