काठमाडाै । राष्ट्रपति रामचन्द्र पाैडेलले भारतमा उपचार गर्दाकाे खर्च आफैले बेहाेर्ने उल्लेख गरेका छन् । राष्ट्रपतिकाे सचिवालयले मङ्गलबार प्रेस नाेट जारी गरी उक्त कुराकाे जानकारी दिएकाे हाे ।
पाैडेलका प्रेस संयाेजक खिला कार्कीद्वारा जारी प्रेस नाेटमा भनिएकाे छ, ‘उपचारका क्रममा भएकाे उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यु स्वयमले बेहाेर्न चाहेकाे जानकारीका लागि अवगत गराइन्छ ।’