तनहुँवासीले कागजको विद्रोह गरेको भन्दै स्वर्णिमले भने – जनताको विश्वासले चुनाव जितेँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँवासीले कागजको विद्रोह गरेको भन्दै स्वर्णिमले भने – जनताको विश्वासले चुनाव जितेँ

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८०, शनिबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ र चितवनका जनताले कागजको विद्रोह गरेको बताएका छन् । वाग्लेले शनिवार काठमाडौमा रहेका तनहुँबासी जनतालाइ धन्यवाद ज्ञापन गर्दै उनले जनताको विश्वासले चुनाव जितेको बताए । 

    “इटा, बिटा र ठिटाको राजनीति नगरी चुनाव जितियो, तनहुँवासीले त्याो पर्खाल भत्काइ दिनुभयो,” उनले भने, “म सबै वडामा पुग्न असाध्यै मन छ, धन्यवाद दिन मन छ। वाक्क लाग्ने गरि तपाईकाे घरमा आउछस भनेको छु, म जान्छु।”

    राजनीतिप्रतिको वितृष्णा र रहेको खराब भाष्य चिरिदै जाने विश्वास व्यक्त गरे । “११ वर्षको उमेरबाट राजनीतिका कुरा सिक्दै गएको हुँ। नेपाली कांग्रेसबाटै जानै मन थियो, तर कांग्रेस धेरै बिग्रिसकेछ,” उनले भने, “केही साथीहरू  बाहिर कमाएर आयो, उतै पढ्याे भन्नुहुन्छ, निशुल्क छात्रवृत्ति पढ्न अवसर पाएपछि नजाउ त, मैले त्यसमा पश्चाताप मान्नुपर्ने?”  

    नेताहरूको कृपा, निगाहमा गर्ने  राजनीतिकाे प्रखाल अब भत्किदै जाने वाग्लेकाो भनाइ छ । “यसपालि तनहु र चितवनमा कागजकाे विद्रोह देखियाे, अब रक्तपातको लडाइ होइन नागरिकले मुस्कानसहितकाे कागजी विद्राेह गर्नेछन्।” उनले भने। 

    नेपालले खास विकास गर्ने अबको २० देखि ३० वर्ष भित्र रहेकाले पनि अब राजनीतिक नेतृत्वले विकासका एजेन्डालाइ प्राथमिकता दिनु पर्ने उनकाे ठम्याइ छ । “बालुवाटरमा शीर्ष नेता ५ पल्ट बैठक बस्नुहुन्छ, तर कुनै बैठक कसरी आर्थिक अवस्था कसरी सधार गर्ने, उद्दमशिलता बढाउने भन्ने बारेमा सुन्नुभएकाे छ?” नेताहरूतर्फ इंकित गर्दै भने, “उहाँहरू विन्दास हुनुहुन्छ, जेल बसेकाे ब्याज खान खाेज्दै हुनुहुन्छ। मिटरब्याजी, शरणार्थीकाे कुरा त जगजाहेर नै भयाे।” 

    रास्वपा अब वैकल्पिक लोकतान्त्रिक धार बन्दै जाने उनले बताए। इतिहासकाो कालखण्डमा भातृ संगठनले राम्रै काम गरे पनि अब त्यसकाे जरूरी नभएकाले रास्वपाले भातृ संगठन नराख्ने बताए । “ढाका श्रेष्ठलाई त्यसरी कारवाही गर्यौ, टोपबहादुर लुकाउन कसरी लागेका छन्, हामीले जनतालाई धेरै सम्भावना देखाएका छौ, चाहेर पनि हामी बिग्रने छुट छैन्।”

    पाँचवटै पालिकामा सम्पर्क व्याक्ति राखेर तनहुँमा आफ्नो विज्ञता घाेप्ट्याउने उनकाे भनाइ छ । “तनहुँले गर्व गर्न लायक संसद बन्न प्रयास रहने छ। कतार, कोरिया लगायतका मुलुकबाट मलाई भोट हाल्न आउनुभएकाे थियाे, ४०० जना भारतीय सैनिकका भाइहरू मलाई जिताउन, घण्टीमा ड्याम ड्याम भो हाल्न आउनुभएको थियो । उहाँहरू धन्यवाद।” उनले धन्यवाद ज्ञापन गरे।