आधुनिक गजल : विचरा बाटुलीको व्यथा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    आधुनिक गजल : विचरा बाटुलीको व्यथा

    संगम सापकोटा

    २४ बैशाख २०८०, आईतवार

    अभाव र विपन्नता घरमा अनेक थियो बाटुलीको
    जीवनसँग हार खाँदा त्यो मन बहकियो बाटुलीको ।

    अस्मिता नपढेकी होइन, संघर्ष त्यो नचढेकी होइन
    सम्झौतामा जवानीको रस,को कस्ले पियो बाटुलीको।

    पॉच छ सय फालि जान्थे,आश्वासनले मुख टालि जान्थे,
    बा आमा बच्चा सिकिस्त हुँगा,कस्ले साथ दियो बाटुलीको।

    एकोहोरो गीत गाए, बाटोको मादल सबैले बजाए,
    दौंतरी भैदिए औतारी, जिम्मा कस्ले लियो बाटुलीको।

    के खान्छे ?कहाँ जान्छे?नजर उतै,घर कसरि धान्छे??
    कथित छिमेकी,समाजले गर्छ,चर्चो चियो बाटुलीको

    कहरको प्रहर अनि रहरमा,जव घोलियो जहर
    मासिछ जीवन, आज, हिजो को थियो र मियो बाटुलीको।sangam.sapkota@tanahun.