व्यास-७ वडा कार्यालय फोडेर चोरी : सिसि टिभी फुटाइयो, हार्ड डिस्क आफैले लगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास-७ वडा कार्यालय फोडेर चोरी : सिसि टिभी फुटाइयो, हार्ड डिस्क आफैले लगे

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८०, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–७ वडा कार्यालयमा चोरी भएको छ । कलेस्ती बजारमा रहेको वडा कार्यालयको गेट फोडेर गएराति राजश्व बापतको रकम चोरी भएको छ ।

    वडा कार्यालयको मुख्य गेट फोडेर राजश्व बापतको पैसा चोरी भएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए। न्यौपानेले भने, “आइतबार सङ्कलन भएको राजश्व बापतको करिब रु पाँच हजार कार्यालयमै थियो, त्यो पैसा चोरी भएको छ ।” उनका अनुसार शुक्रबार वडा कार्यालयले करिब ५० हजार राजश्व बापतको रकम बैङ्कमा जम्मा गरिसकेको थियो ।

    No description available.

    वडा कार्यालयमा रहेको सिसिटिभी क्यामरा फुटाइएको छ । सिसिटिभी क्यामरा वडा कार्यालय नजिकको बारीमा भेटिएको छ । सिसिटिभीको मोनिटर फुटाइएको अवस्थामा भेटिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए। “सिसिटिभी क्यामरा र मोनिटर फुटाएर फालिएको छ भने हार्डडिस्क भने चोरले नै लगेको पाइयो,” उनले भने ।

    No description available.

    घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । “रातिको समयमा अपरिचित समूहबाट चोरी भएपछि प्रहरीलाई बोलाएर अनुसन्धान सुरु गरिएको छ,” न्यौपानेले भने।

    कलेस्ती बजारमै राति तीन वटा घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ ।