अहिलेको अर्थतन्त्रमा देखिएको समस्यामा सर्जरी आवश्यक छ, झारफुक गरेर हुँदैन् : डा. वाग्ले (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अहिलेको अर्थतन्त्रमा देखिएको समस्यामा सर्जरी आवश्यक छ, झारफुक गरेर हुँदैन् : डा. वाग्ले (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, सोमबार

    काठमाडाै । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रमा देखिएको समस्यामा सर्जरी नै आवश्यक रहेको भन्दै झारफुक गर्नतर्फ नलाग्न सरकारलाई सुझाव दिएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता विषयक छलफलमा भाग लिँदै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

    उनले मुलुकलाई छोटो छोटो समयमा नै विकास गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भारत र चीनको उदयसँगै नेपालमा अवसर र चूनौति दुवै ल्याएको सुनाए । उनले आर्थिक वृद्धि र स्थिरताको कुरा गर्नु जायज नै भएको बताए ।

    विगतमा अर्थतन्त्र लयमा रहेको स्मरण गर्दै त्यतिवेला स्थिरता र स्थायित्वको कुरा गर्नु जायज भएपनि अहिलेको अवस्थामा यो कुरा गर्नु स्वाभाविक नभएको उनको भनाई छ । उनले आफूहरु अहिले परिणामत्मक विकासबाट गुणात्मक विकासमा गैसकेको बताए । उनले आजको चूनौति भनेको विद्यालय निर्माण भन्दापनि सिकाईको चूनौति रहेको बताए ।