दमौली । व्यास नगरपालिका-१ स्थित तनहुँ ज्ञानगंगा अंग्रेजी बोर्डिङ स्कूलले विद्यालय व्यवस्थापन समितिको आमन्त्रित सदस्यमा चक्रबहादुर अधिकारीलाई मनोनित गरेको छ। भानु-१३ मिर्लुङ निवासी (हाल व्यास-१) का पूर्व शिक्षक अधिकारीलाई विद्यालयले सदस्यमा मनोनित गरेको हो ।
भानु-१३ अरनिको माविको संस्थापक प्रअ रहेका अधिकारीले मावि तहमा चार दशक भन्दा बढी अध्यापन गरेका छन् ।
२०६२/६३ मा दुई वर्ष निर्मल मावि स्रोत केन्द्रमा प्रथम स्रोत व्यक्ति रहँदा संस्थागत विद्यालय निरीक्षणका क्रममा गरेको प्रभावकारी कार्य सम्पादन तथा सरकारी विद्यालयबाट निवृत्त भएपछि अप्ठ्यारो अवस्थामा विद्यालयमा केही महिना अधिकारीले अध्यापन गरेका थिए ।
व्यास-१ स्थित निर्मल माविमा १६ वर्ष अंग्रेजी तहमा पठनपाठन गरी २०७४ सालमा अवकाश भएका अधिकारी शैक्षिक पद्धति अध्ययनका लागि एक वर्ष जापान समेत पुगेका थिए ।