बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।

    अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले बतायाे ।

    खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । ‘नियमित काममै हुनुहुन्थ्यो, परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारी थियो’, स्रोतले भन्यो, ‘तर, एक्कासी प्रहरी बिहान आइपुग्यो ।’ त्यसपछि हडबडाएका खाँणले आश्चर्य जनाएका प्रहरी स्रोत बताउँछ । त्यसक्रममा प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने बताएको थियो ।

    बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए । (अनलाइन खबर)