दमौलीको भिन्तुना मम पसलबाट चार बाल्टी अचार नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको भिन्तुना मम पसलबाट चार बाल्टी अचार नष्ट

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    दमौली । दमौलीको सफासडकमा सञ्चालित भिन्तुना मम पसलबाट चार बाल्टी अचार नष्ट गरिएको छ । घरेलु तथा पर्यटन कार्यालयको नेतृत्वमा बुधबार भएको अनुगमनका क्रममा चार बाल्टी अचार नष्ट गरिएको हो ।

    रङ राख्न प्रयोग गरिने बाल्टीमा अचार राखिएकाले त्यसलाई नष्ट गरिएको हो । अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशान्त पोख्रेलका अनुसार स्टीलका भाडा प्रयोग गर्न पटक-पटक आग्रह गरिएको थियो ।

    अनुगमन टोलीले बजार क्षेत्रका खाद्यान्न तथा होटलहरुको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा होटलमा सरसफाईमा समस्या देखिएको छ भने केही पसलले बिना अनुमति पसल सञ्चालन गरेको पाइएको छ ।

    पोख्रेलले भने, ‘केही पसलहरुमा भने विगतको भन्दा सुधार भएको पाइयो । केहीले अटेरी गरिरहेका छन् ।’