प्रिती आलेको ‘हे मेरी मायालु’ सार्वजनिक हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रिती आलेको ‘हे मेरी मायालु’ सार्वजनिक हुँदै

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बिहीबार

    दमौली । चर्चित लोकगायिका प्रिती आलेको ‘हे मेरी मायालु’ गीतको भिडिओ सार्वजनिक हुने भएको छ । मौलिक ठुम्का झ्याउरे उक्त गीतको भिडिओ आज दिउँसो सार्वजनिक हुन लागेको हो ।

    आलेको निर्देशन रहेको उक्त गीतमा स्वयं आले, दिपु मगर, अनुराग थापा, मधु थापाको स्वर रहेको छ। गीतमा श्याम राना, विनिता मगर, साजन थापा मगर, मिनराज, सविता लगायतको अभिनय रहेको छ ।

    अनुराग थापाको संगीत संकलन रहेको गीतको शब्द प्रिती आलेले लेखेकी हुन् ।