भ्रष्टाचार विरुद्ध दमाैलीमा सडक साहित्य कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भ्रष्टाचार विरुद्ध दमाैलीमा सडक साहित्य कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बिहीबार

    दमाैली । गण्डकी वाङ्मय प्रतिष्ठानले भ्रष्टाचार विरुद्धको अभियानमा सडक साहित्य कार्यक्रम गर्ने भएको छ । “हुनुपर्छ देश लुट्ने सबैको पहिचान, भ्रष्टाचार विरुद्धमा हाम्रो अभियान” भन्ने नारासहित शुक्रबार दमौली बजारमा साहित्यिक कार्यक्रममार्फत् सरकारलाई खबरदारी गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

    सडक साहित्य कार्यक्रममा तनहुँ जिल्लाका साहित्यकारहरुले भ्रष्टाचार सम्बन्धी विषयमा लेखिएका रचना, गीत, गजल, मुक्तक, हाइकु प्रस्तुत गर्नेछन् । सडक साहित्य कार्यक्रममा चार दर्जनभन्दा बढी साहित्यकारहरुले भ्रष्टाचार विरोधी रचनावाचन गर्ने प्रतिष्ठानका सचिव अन्जु दाहालले जानकारी दिइन् ।

    पछिल्लाे समय देखिएकाे नक्कली भुटानी शरणार्थी प्रकरणमा दाेषीलाई कारवाहीकाे माग गर्दै साहित्यमार्फत् दबाब दिने उद्धेश्यले कार्यक्रम गर्न लागिएकाे वरिष्ठ उपाध्यक्ष सङ्गम सापकाेटाले बताए ।