भ्रष्टाचारविरुद्ध ‘सडक साहित्य’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भ्रष्टाचारविरुद्ध ‘सडक साहित्य’

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८०, शनिबार

    दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा भ्रष्टाचार विरुद्ध साहित्यिक अभियान ‘सडक साहित्य’ कार्यक्रम गरिएको छ। ‘हुनुपर्छ देश लुट्ने सबैको पहिचान, भ्रष्टाचार विरुद्ध हाम्रो अभियान’ भन्ने नाराको साथ शुक्रबार अनसन चौतारीमा सडक साहित्य सम्पन्न भएको छ।

    कार्यक्रममा तनहुँ जिल्ला भित्रका स्रस्टाले भ्रष्टाचार विरुद्धका कविता, गात, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।

    तनहुँका साहित्यकार सानुकाजी यथार्थ, हुतमणि अधिकारी, समुन्द्र गोदार,संगम सापकोटा, दिवाकर भट्टराई, हरिश्चन्द्र वाग्ले, चक्रबहादुर अधिकारी, तेज प्रसाद लामिछाने, श्रीराम कार्की, उपेन्द्र दाहाल, नारायण श्रेष्ठ, होम वहादुर बस्नेत, बाबुराम सापकोटा, समता गिरी लगायत दुई दर्जन साहित्यकारले आफ्नो रचना मार्फत भ्रष्टाचार गर्ने जोसुकैलाई दण्डित गर्नुपर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने लगायतका अभिव्यक्ति सहितको रचना वाचन गरेका थिए।

    ‘हरेक पटक गरेका छौं जनाता माथि घात, हुन्न रहेछ भ्रष्टाचारीको लिङ्ग अनि जात’ भ्रष्टाचार विरुद्धको गीत गण्डकी वाङ्मयका अध्यक्ष सागर उदासले प्रस्तुत गरी समापन गरिएको कार्यक्रमको सञ्चालन सचिव अन्जु दाहालले गरेकी थिइन् ।