मस्र्याङ्दी नदीले बगाएर भानुका सुकबहादुर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मस्र्याङ्दी नदीले बगाएर भानुका सुकबहादुर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८०, शनिबार

    दमाैली । तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा मस्र्याङ्दी नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनी घरबाट निस्किएका उनी मस्र्याङ्दी नदीमा पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक समेतको टोली, मनकामना गण तनहँुबाट उद्धार सामग्री सहितको सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजी कार्य गरिएपनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।