दमौली । सरकारले सोमबार प्रस्तुत गरेको बजेट भाषणलाई लिएर तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले असन्तुष्टि व्यक्त गरेका छन् । आगामी वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा तनहुँका योजना समावेश नभएपछि चुमानले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने, ‘तनहुँ जिल्ला अनि ऑबुखैरेनी गाउँपालिका छ भन्ने कुरा संघीय बजेटले बिर्सियो कि । नया पुराना सबै माननीय र सम्मानीयलाई बधाई ।’ उनले आफ्नै खुट्टामा उभिन सिकौला भनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा बजेटले केही सम्बोधन गरेको छैन ।