रास्वपामाथि चुनौति र अवसर दुवै छ : डा. वाग्ले (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपामाथि चुनौति र अवसर दुवै छ : डा. वाग्ले (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले रास्वपामाथि अवसर र चुनौति दुवै रहेको बताएका छन् । दमौलीमा स्थापना गरिएको सम्पर्क कार्यालयको बुधबार उद्घाटन गर्दै डा. वाग्लेले चुनौतिलाई चिर्दै अवसर हासिल गर्ने दिशामा पार्टी अगाडी बढेको उल्लेख गरे । उनले आगामी २०८४ पछि पार्टी बलियो शक्ति भएर उदाउने उद्घोष गरे ।

    उनले भने, “भ्रष्टाचारको कुरिती अन्त्य प्रमुख मुद्धा हो । हामी संसदमा मर्यादित भएर जनताका आवाज बोलिरहेका छौ ।” हिजो आफूलाई धारे हात लगाउनेहरु आज बधाई दिँदै तपाईलाई हराउन सकेनौ भन्दै आउने गरेको वाग्लको भनाइ थियो ।

    डा. वाग्लेले आजको मितिसम्म रास्वपा एकदमै सचेत रहेको बताउँदै हामी कतै चुक्दैछौ की भनेर सधैं संसदीय दलको बैठकमा छलफल हुने बताए। आगामी चार वर्ष निष्ठा, क्षमताको कसीमा अब्बल देखिनुपर्ने भन्दै २०८४ को चुनावपछि रास्वपा अझै बलियो भएर उदाउने वाग्लेले दावी गरे ।

    डा. वाग्लेले तनहुँवासीले आफूसँग धेरै आशा गरेको भन्दै नराम्रो नगर्ने र राम्रो गर्नका लागि इमानदार प्रयास गर्ने जिकिर गरे। आफूले पार्टीमा केही भूमिका नमागेको भन्दै वाग्लेले भने, “मलाई सांसदको भूमिकामा काम देखाउनुपर्नेछ, पार्टीमा साथीहरुले पद लिइदियोस् भन्ने आशय छ । तर मलाई सांसदको भूमिका ठूलो र जिम्मेवारी छ ।”