तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय कला प्रशिक्षण कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय कला प्रशिक्षण कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शनिबार

    दमौली । म्याग्दो गाउँपालिकाको आयोजना तथा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको समन्वयमा सञ्चालित नाटक मञ्चन तथा अभिनय कला प्रशिक्षण कार्यक्रम शनिबार जनगणपति मावि तनहुँमा सम्पन्न भएको छ।

    मञ्चका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिका प्रमुख श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । तनहुँ जिल्ला भित्रबाट आठ विद्यालयका चौबिस जना विद्यार्थीको सहभागिता रहेको थियो।

    कार्यक्रममा दुईदिनको समयावधिभित्र तयार गरिएको दुई नाटक मञ्चन भएको थियो। “पहिले मन्दिर जाने कि? ,शहर सफा गर्न जाने” र सार्वजनिक यातायातमा भोग्नुपरेको पीडालाई समावेश भएको नाटक “बसको यात्रा” मञ्चन भएको थियो।

    गाउँपालिका प्रमुख श्रीप्रसाद श्रेष्ठले नाटक आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा गाउँपालिका भित्रै नाटक निर्माण गरी मञ्चन गर्ने जानकारी गराए ।

    प्रमुख प्रशिक्षक प्राज्ञ पुरु लम्सालले विद्यार्थीले थोरै समयमा धेरै कुरा सिक्न सकेको र नाटकलाई निरन्तरता दिएको अवस्थामा नाटकबाट जिवन निर्वाह गर्न सकिने धारणा राखे ।

    त्यस्तै गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारीले आजका बालबालिकालाई उपयुक्त शिक्षा भयो भने जुनसुकै कुराहरु सहजै सिक्न सक्ने हुँदा यस क्षेत्रका विद्यार्थीहरूले भविष्यमा नाटकको निर्माण गरेको हेर्ने धोको रहेको बताए।

    यसअघि जेठ १८ गते मिन मा.बि.थर्पुमा र राधा मा. वि. जामुनेमा सामाजिक विकृति विसंगति विरुद्ध को नाटक “संकल्प” मञ्चन भएको थियो। आदि इत्यादि टिमको प्रस्तुती रहेको नाटकमा सात जना कलाकारको अभिनय रहेको थियो।