राष्ट्रपतिका निजी सचिवले भने : तनहुँमा योजना र बजेट कसरी पर्यो सबैलाई छर्लङ्ग छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपतिका निजी सचिवले भने : तनहुँमा योजना र बजेट कसरी पर्यो सबैलाई छर्लङ्ग छ

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८०, बुधबार

    दमौली । केही दिनदेखि सामाजिक सञ्जालमा तनहुँमा विकास योजना आफ्नो पहलमा परेको भन्दै व्यापक छ। स्थानीयदेखि केन्द्रीय स्तरका नेतासम्मले विभिन्न योजना ‘फलानो’ को पहलमा परेको भन्दै प्रचार गरिरहेका छन् ।

    योजना मैले पारेको भन्ने विषयमा अन्यभन्दा कांग्रेस नेताबीच हानथाप छ । यही हानथापमा नेताहरुबीच काउण्टर जवाफ आउन थालेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले योजना ल्याउन सक्ने हैसियत भए झ्याली पिटाउँदै हिँड्न पर्दैनसम्म भनेका छन् ।

    यही मेसोमा राष्ट्रपतिकै निजी सचिव चिरञ्जिवी अधिकारीले पनि मुख खोलेका छन् । उनले बुधबार सामाजिक सञ्जाल मार्फत् नै भनेका छन्, ‘तनहुँमा योजना र बजेट कसरी परे भन्ने कुरा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, योजना महाशाखाका सहसचिवदेखि कम्यूटर अपरेटरसम्मलाई राम्रोसँग जानकारी छ । सत्य बोल्ने हो भने स्थानीय नेताहरुलाई थाहा छ ।’

    उनले विगत दुईमहिनादेखि मन्त्रालयका कोठा कोठा चाहार्दै को हिडेको थियो छर्लङ्गैँ भएको बताएका छन् । उनले भने, ‘बजेट र योजना पार्न महत्वपूर्ण फोनले सहयोग पुगेको यथार्थ लुकेको छैन । अहिले बोल्दै र भन्दै हिड्ने अवस्था नभएकाले केही भनिएन । तर बजेट र योजना पारेकोबारे होडवाजी नगरौ ।’

    समयमै काम सक्न बजेटको सदुपयोग, अनुगमन र प्रभावकारिताका लागि हातेमालो गर्न उनले आग्रह गरेका छन् ।