देवघाट गाउँपालिकामा अनियमितता, कानुन बनाउन परामर्शदातालाई ठेक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट गाउँपालिकामा अनियमितता, कानुन बनाउन परामर्शदातालाई ठेक्का

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिकाले ऐन कानून निर्माण गर्न परामर्शदातालाई ठेक्का दिएको खुलेको छ । गाउँपालिका आफैले बनाउन सक्ने ऐन कानूनका लागि परामर्शदातालाई ठेक्का दिएको खुलेको हो ।

    त्यसका लागि गाउँपालिकाले दुई कन्सल्टेन्सीलाई रु ६ लाख ८८ हजार छ सय २२ भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा गाउँपालिकाले सिर्जना कन्स्लटेन्सीलाई रु दुई लाख ९४ हजार दुई सय ५२ र ग्लोबल सप्लायर्सलाई रु तीन लाख ९४ हजार तीन सय ७० भुक्तानी गरेको हो ।

    पालिकाले औद्योगिक ग्राम सञ्चालन कार्यविधि, सुशासन ऐन र सुशासन नियमावली तथा ऐन कानून सङ्ग्रह निर्माण गरेको भनी परामर्शदातालाई भुक्तानी दिएको छ । कार्यालयमा थुप्रै जनशक्ति भएको अवस्थामा बाह्य परामर्शदाताबाट कार्य गराउनु नियम सम्मत नदेखिएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ ।