तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

    स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।

    विसं २०७२ कात्तिकको २० गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको अवस्थामा सबै स्थानीय तहका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोपहरु पाइसकेको सुनिश्चितता सहित तनहुँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।