बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८०, शुक्रबार

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारकाे दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उनले ‘फण्डामेन्टल कोर्स करेक्सन’ गर्न सुझाव दिनुभयो । राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको बताए ।