दमौली । मेची महाकाली बुहारी संयुक्त आवाज तनहुँ र सनलाइफ इन्स्योरेन्सले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
शुक्लागण्डकी नगरपालिका-१० भादडॉडा निवासी शारीरिक तथा मानसिक अशक्त टकबहादुर क्षेत्री र पवित्रा अधिकारी क्षेत्रीको चार वर्षीया छोरीको उपचारमा सहयोग पुर्याउन २७ हजार पॉच सय सहयोग गरिएको हो । ती बालिकाको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
उक्त रकम शनिबार पीडितका बाबुआमालाई प्रदान गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज तनहुँकी अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
भण्डारीको सहकार्यमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं १ का वडाध्यक्ष सुदिप थापाको पनि आर्थिक सहयोग रहेको र उक्त कार्यक्रममा संस्थाका सदस्यहरु सुष्मा लम्साल, सुकु श्रेष्ठ, सबि सिग्देल सृजना खनाल, मनिमा गुरूड, निशा लम्सालको सहभागिता थियो ।