दमौली । भुजेल महिला समाजको केन्द्रीय अध्यक्षमा तनहुँकी बसुन्धरा घर्ती चयन भएकी छन् । समाजको शनिबार दमौलीमा सम्पन्न चौथो महाधिवेशनबाट घर्ती केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
उनी नेपाल आदिवासी जनजाति महासंघ तनहुँको निवर्तमान अध्यक्ष समेत हुन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा कास्कीकी ढकमाया भुजेल, उपाध्यक्षमा काठमाडौकी भक्तकुमारी भुजेल, महासचिवमा काभ्रेकी अम्बिका भुजेल, सचिवमा रुपन्देहीकी एकमाया भुजेल, झापाकी इन्दु खवास, काभ्रेकी सरस्वती भुजेल चयन भएकी छन् ।
सदस्यहरुमा रुपन्देहीका सुष्मा भुजेल, मोरङका इन्दिरा भुजेल, तनहुँकी सरस्वती भुजेल, इलामकी विनादेवी भुजेल, काभ्रेकी ओमकुमारी भुजेल र काठमाडौकी सुनकुमारी भुजेल चयन भएकी छन् ।