क्यान्सर पीडित सुनिताको सफल शल्यक्रिया, अभियान्ता मनोजले भने – मेरो लागि खुसीको दिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित सुनिताको सफल शल्यक्रिया, अभियान्ता मनोजले भने – मेरो लागि खुसीको दिन

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८०, आईतवार

    दमौली । तनहुँको भानु नगरपालिका-६ निवासी क्यान्सर पीडित सुनिता पौडेलको सफल शल्यक्रिया भएको छ । उनको आइतबार काठमाडौस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा सफल शल्यक्रिया भएको हो ।

    पॉच घण्टाको प्रयासमा उनको शल्यक्रिया गरिएको युवा अभियान्ता मनोजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठकै सक्रियतामा पौडेलको उपचारका लागि रकम संकलन गर्ने काम भइरहेको छ ।

    आठ दिनको अवधिमा ८ लाख भन्दा बढी रकम जुटिसकेको उनले बताए । यो अभियानमा देश तथा विदेशबाट सर्वसाधारण जोडिएका छन् ।

    श्रेष्ठले भने, ‘आज सॉच्चिकै मेरो लागि खुसीको दिन हो । सुनिता बहिनीको उपचारका लागि सहयोग आव्हान गरेकामा धैरे दाता मेरो अभियानमा जोडिएर सहयोग गर्नुभयो । सबै दाताहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

    १४ महिनादेखि आन्द्रा र पाठेघरको क्यान्सर पीडित बनेकी पौडेलको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।