होटल तथा रेष्टुरेण्ट खोल्ने समय बढाउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    होटल तथा रेष्टुरेण्ट खोल्ने समय बढाउन माग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँका व्यवसायीले होटल तथा रेष्टुरेण्ट खोल्ने समय बढाउन माग गरेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै होटल तथा रेष्टुरेण्ट खोल्ने समय बढाउन माग गरेको हो ।

    सङ्घले होटल व्यवसायीलाई साँझको समयमा निर्धारण गरिएको विद्यमान समयमा व्यवसायको प्रकृति र र वस्तुस्थितिको मूल्याङ्कनका आधारमा समय थप गरी लचकता प्रदान गर्न आग्रह गरेको छ ।

    जिल्लाका होटल तथा रेष्टुरेण्टलाई साँझ ९ बजेसम्म खोल्ने अनुमति दिइएको छ । तर उक्त समयलाई बढाउनुपर्ने आफूहरुको माग रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले बताए । उनका अनुसार बजार क्षेत्रमा राति १० बजेसम्म, राजमार्गमा राति ११ बजेसम्म र दोहोरी साँझ राति १२ बजेसम्म खोल्न पाउनुपर्ने माग राखिएको छ ।